जोटाको सम्मानमा लिभरपुलले २० नम्बरको जर्सी प्रयोग नगर्ने « Khabarhub

जोटाको सम्मानमा लिभरपुलले २० नम्बरको जर्सी प्रयोग नगर्ने


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले डिएगो जोटाले प्रयोग गर्ने गरेको २० नम्बर जर्सी फेरि प्रयोग नगर्ने निर्णय गरेको छ। क्लब अधिकारीले जोटाको परिवारसँगको भेटमा सल्लाह गरेर यो निर्णय गरेको जनाएको छ। जोटा र उनका भाइ आन्द्रे सिल्भाको कार दुर्घटनामा मृत्यु भएको थियो।

२० नम्बरको जर्सी क्लब र एकेडेमी तहमा पनि प्रयोग नगर्ने निर्णय गरेको छ। क्लबले जारी गरेको विज्ञप्तिमा जोटाले क्लबमा बिताएको ५ वर्षको समयमा राम्रो फुटबल मात्र खेलेको नभई खेलाडीलाई अघि बढ्न सधैँ प्रेरित गरेको बताए।

सन् २०२० मा उल्भ्सबाट लिभरपुल पुगेका जोटाले यस बीचमा क्लबका लागि १८२ खेलमा सहभागिता जनाउँदै ६५ गोल गरेका थिए।

लिभरपुलले जोटाको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनी धर्मपत्नी रुट कारडोसो लगायत परिवारका अन्य सदस्यको उपस्थिति थियो।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : २२ बजे

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र