आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर « Khabarhub

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन् । 

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको ‘जनता र सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस–एमालेले सात बुँदे सहमति कार्यान्वयन गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।  

‘एक वर्षअघि सरकार निर्माणताका बेला गरेको संविधान संशोधनसहितको सातबुँदे सहमति पूरा हुनु त कता हो कता, कार्यान्वयनतर्फ प्रवेश समेत भएको छैन,’ महरले भने, ‘आशा जगाउने जनताले खोजेको सुशासन र भ्रष्टाचार रोक्न पनि सरकारले खासै उपलब्धि हात पार्न सकेको छैन ।’

सुशासन र संविधान संशोधनसहितको सातबुँदे सहमति कार्यान्वयनमा प्रश्न उठे पनि गठबन्धन सरकारको एक वर्षे अवधिमा आर्थिक सूचकहरू सकारात्मक देखिएका उनको भनाइ थियो । 

‘थुप्रै नयाँ नीति–नियम बनेका छन्, कानुन निर्माणले गति पाएको छ । यसले व्यापार गर्न सहज भएको भनिएको छ,’ महरले भने । उनले लामो समयदेखि रोकिएका शान्ति प्रक्रियाका कामहरू र नागरिकता ऐन संशोधनजस्ता महत्वपूर्ण विषय पनि टुङ्ग्याइएको उल्लेख गरे । 

सरकारी कार्यालयबाट सेवा लिन सहज होस् भनेर अनलाइन प्रणालीको विकास गरिएको र राजनीतिक रूपमा देशमा स्थिर सरकार बनेको कुरा आफैँमा एउटा ठूलो उपलब्धि भएको महरको भनाइ थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : २४ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी