लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने « Khabarhub

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने भएका छन्। बार्सिलोनाले लामिनलाई १० नम्बर जर्सी दिएर नयाँ सुपरस्टारको रुपमा सार्वजनिक गरेको हो। योसँगै १० नम्बर जर्सी लगाउने विश्व फुटबल र बार्सिलोनाको महान् खेलाडीको सूचीमा उनको नाम लेखिने भएएको छ।

यो जर्सी दिएसँगै बार्सिलोनाले लमिनलाई लियोनेल मेसीको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेको छ। मेसीले जस्तै यमलले पनि बार्सिलोनाकै युवा एकाडेमीबाट मुख्य टोलीसम्मको यात्रा तय गरेका हुन्। यमल मेसी जस्तै सानै उमेरमा स्टार फुटबलर भएर उदाइसकेका छन्। यमलले मेसीलाई आफ्नो आइडल मान्ने गर्छन्।

यसअघि यो जर्सी मेसी, रोनाल्डिन्हो, रिभाल्डो र माराडोनाले लगाएका थिए ।

दुई दिन अगाडि मात्र १८ औं वर्ष प्रवेशको जन्मदिन मनाएका लामिन विश्व फुटबलमा सुपरस्टारका रुपमा परिचित भइसकेका छन्। यो जर्सीले उनलाई फुटबलको महान खेलाडी बनाउने बाटोमा डोहोर्याउने निश्चित देखिन्छ।

अघिल्लो महिना मात्र लामिन यामलले बार्सिलोनासँग थप ६ वर्षका लागि सम्झौता गरेका छन्। स्पेनका १८ वर्षीय विङ्गरको सम्झौता सन् २०२६ मा सकिने भएपछि सन् २०३१ सम्मका लागि लम्ब्याइएको हो।

सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनामा डेब्यु गरेका उनले हान्सी फ्लिकको प्रशिक्षणमा रहेर बार्सिलानालाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जिताइ सकेका छन्।

उनी क्लबको इतिहासमा नै ला लिगा, कोपा डेल रे तथा स्पेनिस सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। स्पेनको राष्ट्रिय टोलीबाट उनले १९ खेल खेलेका छन्।

सन् २०२४ को युरो कपको फाइनलमा उनी सहितको स्पेनले इङ्गल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ८ : ३९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान