काभ्रेमा सङ्घीयता अध्ययन केन्द्र निर्माण गर्दै सरकार | Khabarhub Khabarhub

काभ्रेमा सङ्घीयता अध्ययन केन्द्र निर्माण गर्दै सरकार


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सङ्घीयता अध्ययन केन्द्र निर्माण गर्ने भएको छ ।

नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिन लागेको जानकारी दिएका हुन् ।

शनिवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७ औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’ मा मन्त्री पण्डितले विभिन्न तीन तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए ।

उनले भने “यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरुले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन् ।”

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । उनले भने “दुई महीनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौं ।”

देशलाई अझ व्यवस्थित बनाउन हरेक नेपालीलाई प्रशिक्षणको जरुरत रहेको मन्त्री पण्डितले बताउँदै भने “त्यसपछि मात्र मुलुकअघि बढ्ने छ । ”

सो प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले निर्माण हुन लागेको सो अध्ययन केन्द्रले मुलुकको उच्च तहमा रहेका व्यक्तिलगायत कर्मचारीलाई गुणस्तरीय प्रशिक्षणका साथै परामर्श दिने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ७ : ५३ बजे

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर