एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री | Khabarhub Khabarhub

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रामपुर– यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । 

उनले गतवर्ष करिब छ हजार बराबरको बिरुवा बिक्री गरेका थिए। यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ । ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन् ।

प्रति बिरुवा ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए। नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए। 

यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ । बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन् । 
 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ४६ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन