योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन् « Khabarhub

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका मन्त्रीहरूले गल्ती गरेको पाइए उन्मुक्ति नपाउने बताएका छन् ।

पार्टी सचिवालय बैठक सहभागी हुन च्यासलमा रहेका उनले बिहीबार सञ्चारकर्मीसँग राकानी गर्दै उनले गल्ती गरेको पाइए मन्त्रीहरूले जिम्मेवारीबाट हट्नुपर्ने बताए ।

उनले केही मन्त्रीहरू घुस प्रकरणमा मुछिएकोबारे उपयुक्त छानबिन हुनुपर्ने पनि बताएका छन् ।

‘मन्त्रीहरूले विवादबाट उन्मुक्ति पाउँदैनन् । यदि त्यो सत्य हो भने उहाँहरुले पदीय जिम्मेवारीबाट हट्नुपर्छ र त्यसको उपयुक्त छानविन हुनुपर्छ,’ भट्टराईले भने ।

उनले नेपालमा बिनातथ्य, बिनाप्रमाण आरोप लगाउने चलन रहेको पनि उल्लेख गरेका छन् ।

आरोप लागेपछि एमालेका मन्त्रीहरू गोकुल बास्कोटादेखि शेरबहादुर तामाङसम्मले राजीनामा दिएको पनि उनले उल्लेख गरे ।

आरोप लगानेबित्तिकै कसैको राजनीतिक जीवन नै सक्ने ढंगले जान नहुने उनले बताए । पूर्वमन्त्री भट्टराईले एमाले शुद्धीकरण अभियानमा रहेको पनि जानकारी दिए ।

‘एमालेले नै यसअघि त्यो दृष्टान्त प्रस्तुत गरेको छ । यद्यपि कतिपय घटना प्रमाणित भएका छैनन् । गोकुलजीको सन्दर्भमा पनि प्रमाणित भएन । तर, उहाँले राीनामा दिनुभयो’, उनले भने, ‘शेरबहादुर तामाङ सामान्य बोलीमा चिप्लिएका हुन्, त्यो ठूलो कुरा थिएन । हङ्गामा मात्रै गरियो । उहाँले पनि छोड्दिनुभएकै हो । अहिले राजकुमार गुप्ताजीले छोड्दिनु भएको छ ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : १८ बजे

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्

ड्रोनबाट यस्तो देखियो बालाजु स्थित सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– बालाजुस्थित सुकुम्वासी बस्ती खाली गरिँदै छ ।  सरकारले भोलि