साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने « Khabarhub

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ ।

बंगलादेशको ढाकास्थित बसुन्धरा खेल मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुने खेलमा नेपाल चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै  ।

प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो भेट हो । यसअघि असार २७ गते शुक्रबार भएको खेलमा भुटान नेपालसँग ६–१ गोलले पराजित भएको थियो ।

यस्तै, नेपालले श्रीलंकालाई दुई खेलमा हराएको छ भने बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल, भुटान, बंगलादेश र श्रीलङ्का गरी चार टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा भइरहेको छ ।

जारी प्रतियोगितामा बंगलादेश १२ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ९ अंकसहित दोस्रो स्थानमा छ । यस्तै ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।

अब नेपालले आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने छ । 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : ४९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान