हेरिरहुँ लाग्ने कालिञ्चाेक (तस्बिरहरू) « Khabarhub

हेरिरहुँ लाग्ने कालिञ्चाेक (तस्बिरहरू)


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सजिएको हिमाली जिल्ला हो । यहाँ दर्जनौँ पर्यटन सम्भावना बोकेका चर्चित पर्यटकीय स्थलहरू रहेका छन्।उस्तै विश्व चर्चित गन्तव्य हो कालिञ्चाेक ।

काठमाडौंदेखि १ सय ३३ किलोमिटर दुरी र सदरमुकाम चरिकोटबाट १८ किलोमिटर पर्ने कालिञ्चाेक। विभिन्न ऋतुअनुसार सुन्दरता फेरिरहने कालिञ्चाेक वर्षाद्को समयमा पनि निक्कै सुन्दर देखिन्छ ।

पर्यटकहरू यहाँको हरियाली र रंगचंङ्गी फूलहरूको सुन्दरतासँग रमाइरहेका भेटिन्छन् । हिउँदमा सेताम्मे हिउँले सजिने यस क्षेत्र वर्खायामको समय बादलको घुम्टोसँगै खुल्ला आकाश मुनि रहेका हरियाली डाँडाकाँडामा चरिरहेका चौँरी र  फुलेका अनेकौँ थरिका फूलहरूले जोकोहीलाई मन लोभ्याउने गर्छ ।

वर्षायाममा कालिञ्चोकको प्राकृतिक सुन्दरताको अनुभव लिनकै लागि कालिञ्चाेकमा आन्तरिक तथा बाह्य पर्यटक कुरी कालिञ्चाेक पुग्छन् ।
 
कालिञ्चाेकसँगै रहेको कुरी क्षेत्रमा चौरीको ताजा दूध, छुर्पी, घ्यू, सेरगेम लगायतको परिकारको स्वाद लिन यहाँ छिमेकी देश भरतबाट समेत पर्यटक आउने गर्छन् ।

यस क्षेत्रका बनजङ्गलमा यतिबेला उच्च लेकमा पाइने जडिबु पदमचाल फुल्ने बेला भएको हुँदा पनि मानिसहरू यस्ता विभिन्न बहुमूल्य  जडीबुटी खोज्न कालिञ्चाेक पुग्छन् । साथै बिदा र छुट्टीको समय  युवा पुस्ता बढी मात्रमा कालिञ्चोक घुम्न पुग्ने गरेका छन् ।

कालिञ्चाेकमा वास बस्नको लागि सुविधा सम्पन्न दर्जनौँ होटेल भएकाले पनि यहाँ नेपालका विभिन्न जिल्लाबाट तथा भारतबाट पर्यटकहरू प्याकेजनै बनाएर घुम्न पुग्ने गर्छन् । 

तस्बिरहरू : सुवास बस्नेत/दोलखा

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : २६ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको