हेरिरहुँ लाग्ने कालिञ्चाेक (तस्बिरहरू) | Khabarhub Khabarhub

हेरिरहुँ लाग्ने कालिञ्चाेक (तस्बिरहरू)


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सजिएको हिमाली जिल्ला हो । यहाँ दर्जनौँ पर्यटन सम्भावना बोकेका चर्चित पर्यटकीय स्थलहरू रहेका छन्।उस्तै विश्व चर्चित गन्तव्य हो कालिञ्चाेक ।

काठमाडौंदेखि १ सय ३३ किलोमिटर दुरी र सदरमुकाम चरिकोटबाट १८ किलोमिटर पर्ने कालिञ्चाेक। विभिन्न ऋतुअनुसार सुन्दरता फेरिरहने कालिञ्चाेक वर्षाद्को समयमा पनि निक्कै सुन्दर देखिन्छ ।

पर्यटकहरू यहाँको हरियाली र रंगचंङ्गी फूलहरूको सुन्दरतासँग रमाइरहेका भेटिन्छन् । हिउँदमा सेताम्मे हिउँले सजिने यस क्षेत्र वर्खायामको समय बादलको घुम्टोसँगै खुल्ला आकाश मुनि रहेका हरियाली डाँडाकाँडामा चरिरहेका चौँरी र  फुलेका अनेकौँ थरिका फूलहरूले जोकोहीलाई मन लोभ्याउने गर्छ ।

वर्षायाममा कालिञ्चोकको प्राकृतिक सुन्दरताको अनुभव लिनकै लागि कालिञ्चाेकमा आन्तरिक तथा बाह्य पर्यटक कुरी कालिञ्चाेक पुग्छन् ।
 
कालिञ्चाेकसँगै रहेको कुरी क्षेत्रमा चौरीको ताजा दूध, छुर्पी, घ्यू, सेरगेम लगायतको परिकारको स्वाद लिन यहाँ छिमेकी देश भरतबाट समेत पर्यटक आउने गर्छन् ।

यस क्षेत्रका बनजङ्गलमा यतिबेला उच्च लेकमा पाइने जडिबु पदमचाल फुल्ने बेला भएको हुँदा पनि मानिसहरू यस्ता विभिन्न बहुमूल्य  जडीबुटी खोज्न कालिञ्चाेक पुग्छन् । साथै बिदा र छुट्टीको समय  युवा पुस्ता बढी मात्रमा कालिञ्चोक घुम्न पुग्ने गरेका छन् ।

कालिञ्चाेकमा वास बस्नको लागि सुविधा सम्पन्न दर्जनौँ होटेल भएकाले पनि यहाँ नेपालका विभिन्न जिल्लाबाट तथा भारतबाट पर्यटकहरू प्याकेजनै बनाएर घुम्न पुग्ने गर्छन् । 

तस्बिरहरू : सुवास बस्नेत/दोलखा

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : २६ बजे

शंकर पोखरेलतिर हेर्दै पूर्वराष्ट्रपतिले भनिन्- पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले नेपालको सबैभन्दा व्यवस्थित पार्टीका रुपमा

सुर्खेतमा डेंगीका बिरामी बढ्दै 

सुर्खेत– सुर्खेतमा डेंगी रोगका बिरामी रोगका बिरामी बढ्दै गएका छन्

सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने

काठमाडौं– रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि

दोलखाको गैरीमुदी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-१ को गैरिमुदी स्वास्थ्य चौकीको

ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी