अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा | Khabarhub Khabarhub

अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कमलामाई– पहिरोका कारण अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३, बसेरीस्थित मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनमा आएको छ । 

आइतबार बिहान २ बजे सडक रहेको सिँचाइ कुलो भत्किएर खसेको ढुङ्गा, माटो र लेदोका कारण केही समय सडकमा यातायात अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीय खटिएको गोलञ्जोर गाउँपालिका–३ का वडाध्यक्ष कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार लोकमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । 

लगातारको वर्षाले पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन उनले सबैलाई अनुरोध गरेका छन् ।
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : १३ बजे

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप