अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा « Khabarhub

अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कमलामाई– पहिरोका कारण अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३, बसेरीस्थित मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनमा आएको छ । 

आइतबार बिहान २ बजे सडक रहेको सिँचाइ कुलो भत्किएर खसेको ढुङ्गा, माटो र लेदोका कारण केही समय सडकमा यातायात अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीय खटिएको गोलञ्जोर गाउँपालिका–३ का वडाध्यक्ष कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार लोकमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । 

लगातारको वर्षाले पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन उनले सबैलाई अनुरोध गरेका छन् ।
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : १३ बजे

फिफा विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई