रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो « Khabarhub

रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१/८२ मा १० हजार बढी बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा जिल्लाका विभिन्न सामुदायिक वनमा १० हजार बढी बिरुवा रोपिएको हो । 

जिल्लाका १४ वटा सामुदायिक वन समितिलाई निःशुल्क रूपमा १० हजार बढी बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ खत्रीले जानकारी दिए । 

उनका अनुसार वितरण गरिएका सबै बिरुवा सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनमा रोपिसकेका छन् । उनका अनुसार सामुदायिक वनमा धुपी, सल्लो, वीरेन्द्रफूल, कङ्लकी, छत्तिवन, टुनी, बाँसलगायत विभिन्न बिरुवा रोपिएको हो । 

खत्रीले दुई हजारभन्दा बढी बिरुवा मुसिकोट नगरपालिका–१ सल्लेस्थित चण्डीदल गण आर्मी ब्यारेकमा रोपिएको बताए  । केही बिरुवा बाँफीकोट सबडिभिजन कार्यालय छिनखेत र मुसिकोट सबडिभिजन कार्यालय चाँपामा रहेका जनाउँदै उनले ती बिरुवा पनि सरोकार भएका निकायलाई वितरण गरी रोपिने उल्लेख गरे  । 

सामुदायिक वनलाई हराभरा बनाउने, वनबाटै आर्थिक अवस्था सुदृढ बनाउने, रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्य राखेर वृक्षारोपणलाई जोड दिइएको डिभिजन वन कार्यालयका प्रमुख खत्रीले जानकारी दिए । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ३० बजे

फिफा विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई