काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौर खेल मैदानको बारमा एक महिला झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।
कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए ।
पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेकाे छ ।
प्रतिक्रिया