एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदाबारे छलफल हुनेछ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसअघि सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने छन् ।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र बैठकमा बोल्न अवसर पाउने गौतमले जानकारी दिए ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य छन् । बैठक भाेलि (मंगलबार) सम्ममा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले धारणा राख्न समय लिएमा बुधबारसम्म लम्बिन सक्ने एमालेले जनाएको छ ।

यही साउन १ गते बसेको पार्टीको सचिवालय तथा २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ ।

उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन् ।

केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ ।

मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : १० बजे

ट्राफिक कारबाहीमा एकै दिन चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ७८२ सवारीचालकलाई सवारी

जापानको सानदार प्रदर्शन पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक