भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार  | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाखमा ६०  र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । तीमध्ये पाँच जना विषालु सर्पले डसेका थिए ।

यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिए ।

अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तनहुँ, गोरखा लमजुङ्देखि आउने गरेका छन् ।

अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गरिने गरेको उनको भनाइ छ ।

विषालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा  बिरामीको नशालाई असर पुर्‍याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उनले बताए ।

विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आएको छ । अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ३९ बजे

कांग्रेस पूर्वपदाधिकारीले सभापति देउवालाई गराए चाक्सीबारी छलफलबारे जानकारी

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई चाक्सीबारी बैठकमा भएको

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज

‘औपचारिकताका लागि मात्रै बिपीलाई नसम्झौँ’

काठमाडौं– बीपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुई वटा

मदन पुरस्कार २०८१ : उत्कृष्ट सात पुस्तक सार्वजनिक

काठमाडौं- नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात

नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति