राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध  « Khabarhub

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरूपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा अवरुद्ध भएका छन् ।

यस्तै, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर/जैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू पनि अवरुद्ध छन् ।

विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सुचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणसम्बन्धी कार्य अनलाइनमार्फत गर्न सकिने हुनाले सोही बमोजिम गर्ने/गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराउँदै विभागले सो कार्यमा सहयोग गरिदिन सेवाग्राहीमा अनुरोध पनि गरेको छ ।

अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाइन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने सूचना अधिकारी सेढाइँले बताए । (रासस)

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ४७ बजे

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले

राजनीतिक स्थायित्वलाई आर्थिक प्रगतिको आधार बनाउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वर्तमान राजनीतिक

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त