‘६१ लाख फन्डा’ले ‘माग्ने राजा’लाई ब्याकफायर गरेपछि निर्देशकले मागे माफी, निर्माता बोल्दै बोलेनन् ! « Khabarhub

‘६१ लाख फन्डा’ले ‘माग्ने राजा’लाई ब्याकफायर गरेपछि निर्देशकले मागे माफी, निर्माता बोल्दै बोलेनन् !


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले ‘६१ लाख पारिश्रमिक’ले विवादको रुप लिएपछि माफी मागेका छन् ।

निर्देशक लामिछानेले ललितपुरको कुपोन्डोलस्थित एक फिल्म हलमा फिल्मको गीत सार्वजनिक कार्यक्रममा माफी मागेका हुन् ।

उनले भने, ‘म सबैसँग माफी माग्छु । हामीले त्यो नियतबस भनेको होइन । गल्ती भयो । मैले सबैको खुट्टा छोएको सम्झिएर माफी दिनुस् ।’

गत असार ६ गते पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले केदारालाई ६० लाख पारिश्रमिक दिएको कसम खाएका थिए ।

पछि केदारले पारिश्रमिकको दाबी झुटो रहेको खुलासा गरेका थिए । त्यसयता ‘माग्ने राजा’ फिल्मका प्रचार सामाग्रीमा नकारात्मक टिप्पणीको वर्षा भएको छ ।

आजको कार्यक्रममा निर्देशक लामिछानेले पत्रकारहरलाई उक्त प्रसंगमा प्रवेश नै नगर्न आग्रह गरे ।

उनले भने, ‘हामी आज गीतको कुरा गर्न आएको हो । पारिश्रमिकको कुरा नै नगरौं । हामीबाट गल्ती भयो । माफी माग्छु ।’

पारिश्रमिकलाई फन्डा बनाएर फिल्म प्रचार गर्नुपर्ने बाध्यता नरहेको उनको दाबी छ ।

उनले आगाडि भने, ‘हाम्रो अरु कन्टेन्ट सशक्त छन् । विगतमा पनि मैले यस्तो फन्डा गरेको थिइनँ । अहिले पनि गर्नुछैन । हाम्रो नियत होइन तर पनि गल्ती भयो ।

कार्यक्रममा भने निर्माता घिमिरे मौन बसे । उनलाई बोल्न आग्रह नगरिएको होइन । उनले मात्र ‘दोहोर्‍याइ तेहेर्‍याए माग्ने राजा भदौ ६’ भने ।

निर्माताको मौनताले बुझ्न सकिन्छ कि– पारिश्रमिकको फन्डाले फिल्मलाई ब्याकफायर गर्‍यो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ४१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह