बंगलादेशविरुद्ध उपाधिको छिनोफानो हुने खेलको सुरूमै नेपालले गोल खायो « Khabarhub

बंगलादेशविरुद्ध उपाधिको छिनोफानो हुने खेलको सुरूमै नेपालले गोल खायो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा सोमबार साँझ नेपाल र बंगलादेशबीच उपाधिका लागि भिडन्त भइरहेको छ ।

घरेलु मैदानमा भइरहेको खेलमा बंगलादेशी टोलले सुरूवाती अग्रता लिएको छ । बंगलादेशका लागि सागोरिकाले खेलको आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाउन सफल भइन् ।

उपाधि भिडन्तका लागि भेट हुनुअघि बंगलादेशले यो प्रतियोगितामा अंक गुमाएको छैन। नेपाल प्रतियोगिताको दोस्रो खेलमै बंगलादेशसँग ३–२ को हार भोगेको थियो ।

शीर्ष स्थानमा रहेको बंगलादेशको ५ खेलबाट १५ अंकसहित फाइनलमा पुगेको हो। बंगलादेशलाई उपाधि हात पार्न बराबरी भए पुग्छ । तर उसले अग्रता नै बनाएको छ । समान खेलबाट १२ अंक जोडेको नेपाललाई जित्नै पर्ने दबाब छ ।

यसअघि नेपालसँगको पहिलो खेलमा बंगलादेशले उत्कृष्ट खेल खेलको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा पनि एक गोल गर्‍यो ।

नेपाल दोस्रो हाफमा फर्किए पनि हार्न पुग्यो ७८औँ मिनेटमा अनिशा राईको पेनाल्टी र ८७औँ मिनेटमा मीना देउवाको गोलसँगै नेपालले खेल २–२ को बराबरीमा ल्याएको थियो। तर इन्जुरी समयको अन्तिम सेकेन्डमा नेपाल ३–२ ले हारेको थियो ।

नेपालविरुद्धको यस जितकै कारण बंगलादेश अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। त्यसैले आज बराबरी खेले पनि बंगलादेश उपाधि घरमा राख्नेछ । नेपालले खेल जितेमा गोलान्तरले उपाधि उचाल्नेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : १३ बजे

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले

बालेन पक्षले पाखा लगाएपछि सरिनको विरह, ‘बेइमानको राजनीति गर्न सकिनँ, हार खाएँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थापनाकालदेखि जोडिएकी सुनसरीकी गोमा तामाङ सलिनले

संसद्‍मा पठाउने विधेयकबारे छलफल गर्दै कानुन मन्त्रालय

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष