संसदीय सुनुवाई समितिको बैठक पुन: स्थगित « Khabarhub

संसदीय सुनुवाई समितिको बैठक पुन: स्थगित


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठक पनि स्थगित भएको छ । सिंहदरबारमा मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाईका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।
मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै सांसदहरु उपस्थित नभएका कारण स्थगित भएको हो ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका ४ जना सांसदहरुले भने प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ती आयोगहरुको पदाधिकारी सिफारिस गरेकाले मान्य नहुने भन्दै समितिको बैठक बहिष्कार गर्दै आएका छन् ।
समितिमा १५ जना सदस्य रहेकोमा बैठकमा कोरम पुग्न ८ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्नेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ४ : १४ बजे

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुशासित बनाइने

गण्डकी– कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने