कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ? « Khabarhub

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

५५ रुपैयाँमा आयात गरेर साढे १८ हजारमा निर्यात !


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको देश हो । यद्यपि; कतिपय कच्चापदार्थ र आंशिक प्रशोधन गरेर नेपालबाट पनि वस्तु निर्यात हुने गरेको छ ।

तर, भन्सार विभागको तथ्याङ्कले गत आर्थिक वर्षमा नेपालबाट भएको कतिपय वैदेशिक व्यापार भने अति शङ्कास्पद र अचम्भित पार्ने खालको देखिएको छ । नेपाललाई ट्रान्जिट बनाएर गरिएको रेजर ब्लेड (दाह्रीकपाल लगायत रौँ खुर्कने पत्ती) को व्यापार अनौठो देखिएको हो ।

गत आर्थिक वर्षमा नेपालमा दुई अर्ब २५ करोड चार लाख ८९ हजार रुपैयाँ बराबरको चार करोड दुई लाख ५६ हजार ८९२ पिस सेफ्टी रेजर ब्लेड र यसलाई च्याप्ने स्ट्रिप्स आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । जसको मूल्यप्रति गोटा ५५ रुपैयाँ ९० पैसा परेको देखिन्छ ।

सो रेजर आयात गर्दा सरकारले गत आर्थिक वर्षमा ६८ करोड ४९ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गर्‍यो ।

सोही रेजर ब्लेड नेपालबाट फेरि युनाइटेड अरब इमिरेट्स (युएई) र सिङ्गापुरमा अस्वाभाविक मूल्य कायम गरी निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा दुई अर्ब २२ करोड पाँच लाख ६५ हजार रुपैयाँ बराबरको चार लाख ३६ हजार ३५५ थान रेजर ब्लेड संयुक्त राज्य अरबमा नेपालको भन्सार नाका हुँदै निर्यात भएको थियो । जसको निर्यात मूल्य प्रतिगोटा पाँच हजार ८८ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । जुन मूल्य आयातको तुलनामा प्रतिगोटा पाँच हजार ३२ रुपैयाँ ९८ पैसाले बढी हो ।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट सिङ्गापुरमा ९३ लाख ४४ हजार रुपैयाँ बराबरको ५०० थान रेजर ब्लेड निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । जसको मूल्य प्रतिगोटा १८ हजार ६८८ रुपैयाँ पर्न गएको देखिन्छ । जुन मूल्य नेपालमा आयात भएको रेजर ब्लेडको तुलनामा प्रतिगोटा १८ हजार ६३२ रुपैयाँले बढी हो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ०६ बजे

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता

२६ दिनमै मन्त्री खुस्किएपछि कलाकारको व्यङ्ग्य : जोगीलाई मन्त्री बनाउने कि ?

काठमाडौं – सम्पत्ति शुद्धिकरणका अनुसन्धनामा तानिएका दीपक भट्टसँग जोडिएकाले नागरिकस्तरको

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा

संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

काठमाडौं– संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित