इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फर्किए : परराष्ट्र « Khabarhub

इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फर्किए : परराष्ट्र


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फर्किका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले विज्ञप्ति जारी गर्दै इरानको जेलमा रहेका नेपाली नागरिक गएराति सकुशल स्वदेश फर्किएको जानकारी दिएकी हुन् ।

इजरायल र इरानबीच गत १३ जुन देखि शुरु भएको द्वन्द्व पश्चात नेपाली नागरिकको सुरक्षा र उद्धारका क्रममा उनीहरुलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इरानको जेलमा ५ नेपाली रहेका थाहा भएपछि मन्त्रालयले आवश्यक कूटनीतिक पहल गरेको र सोही पहल अनुसार उनीहरु स्वदेश फर्किएको विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि मन्त्रालयले इजरायलको तेल अविवस्थित नेपाली राजदूतावास, कतारको दोहास्थित नेपाली राजदूतावास एवम् इरानको राजधानी तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतसँग निरन्तर सम्पर्क र समन्व गरेको विज्ञप्तिमा जनाइएको छ ।

द्वन्द्वको अवधिमै भारतले ‘अपरेशन सिन्धु’ अन्तर्गत भारतीय नागरिकसँगै नौ जना नेपाली नागरिकहरुलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फर्काएको थियो ।

यससँगै इरानको जेलमा रहेका नेपालीलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ५ जना काठमाडौं अवतरण गरेका छन् ।

यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई सरकारले धन्यवाद समेत दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : ५१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको