क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने « Khabarhub

क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

यउन्डे– क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले अक्टोबर १२ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन सक्ने अनुमोदित उम्मेदवारहरूको सूचीबाट बाहिर राखेका छन् ।

राष्ट्रिय निर्वाचन परिषद्ले शनिबार जारी गरेको अस्थायी सूचीमा रहेका १३ उम्मेदवारमध्ये सम्भावित प्रतिस्पर्धीका रूपमा मौरिस काम्तोलाई राखिएको छैन । उनले अब राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । काम्तो सन् २०१८ को राष्ट्रपतीय चुनावमा बियापछि दोस्रो स्थानमा रहेका थिए ।

गत साता औपचारिक रूपमा उम्मेदवारी दिएका ७१ वर्षीय काम्तो निर्वाचन परिषदमा पेश गरिएका ८३ जनामध्ये एक थिए । अस्थायी सूचीमा कुनै पनि चुनौतीलाई विचार गरेपछि आगामी दिनमा उम्मेदवारहरूको निश्चित सूची घोषणा गरिनेछ ।

काम्तोले ‘अफ्रिकन मुभमेन्ट फर न्यु इन्डिपेन्डेन्स एन्ड डेमोक्रेसी म्यानिडेम’ को उम्मेदवारको रूपमा भाग लिन खोजेका थिए ।

सन् २०१८ को चुनावमा काम्तो क्यामरुन पुनर्जागरण आन्दोलन एमआरसीबाट उम्मेदवार थिए ।

सन् १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बिया आठौँ कार्यकालका लागि चुनावी मैदानमा थिए ।

पूर्वप्रधानमन्त्री बेलो बोबा माइगारी र गत जुनको सुरुमा रोजगारमन्त्रीबाट राजीनामा दिएका इसा चिरोमा बकरीले भने चुनावमा भाग लिन स्वीकृति पाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : २८ बजे

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ