नेपाली सेनाबाट वीरगञ्ज महानगरसहित आसपास क्षेत्रमा खानेपानी वितरण « Khabarhub

नेपाली सेनाबाट वीरगञ्ज महानगरसहित आसपास क्षेत्रमा खानेपानी वितरण


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकालगायत क्षेत्रमा खानेपानीको हाहाकार भएपछि नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ ।

मधेस प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आएको हो ।

श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक ६ ट्याङ्करमार्फत औसतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए  ।

वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेस प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्याङ्करबाट पानी वितरण गर्दै हुँदै आएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्याङ्करबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताए ।

गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्याङ्करमार्फत वितरण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर पानी वितरणलाई निरन्तरता दिएको छ ।

नेपाली सेनाले वीरगञ्ज महानगर–१ छपकैया, गायत्री टोल, शिक्षा कार्यालय पछाडि, वीरगञ्ज महानगर वडा नम्बर ११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर– १४ को बहुअरीचोक, वीरगञ्ज महानगर– १५ को भिष्वा, राधेराधे कलोनी, वीरगञ्ज महानगर– २४ को रामगढवा, महानगर– २६ को सुगौली बिर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र  साँझ ६ बजे तीन पटक ट्याङ्करबाट पानी वितरण गर्ने गरेको छ ।

यसैगरी, पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिण टोलमा पनि दिनको दुई पटक १० बजे र अपराह्न ४ बजे ट्याङ्करबाट खानेपानी वितरण हुँदै आएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्याङ्करबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ४४ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति