सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की « Khabarhub

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की

अन्य तीन सहसचिवको सचिवमा बढुवा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय सेवा आयोगले सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललाई मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ ।

मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण आइतबारबाट अवकाशमा गएपछि न्याय सेवा आयोगको सोमबारको बैठकले पौडेललाई उक्त पदमा बढुवा गरेको हो ।

मुख्य रजिष्ट्रारमा बढुवा भएका पौडेलको स्थानमा सह-रजिष्ट्रार मानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। उनी सोमबारदेखि सह-रजिष्ट्रारबाट रजिष्ट्रार भएका छन् ।

उता महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता सूर्यराज दाहाल सचिवमा बढुवा भएका छन् । उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सहसचिव निर्मला अधिकारीको पनि सचिवमा बढुवा भएको छ । उनलाई आयोगमै पदस्थापन गरिएको छ ।

सहसचिव इन्दिरा दाहाल भट्टराईको पनि सचिव पदमा बढुवा गरिएको छ । निर्वाचन आयोगमा कार्यरत उनलाई नेपाल कानुन आयोगमा पदस्थापन गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ५६ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति