प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा « Khabarhub

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार गर्दै युद्ध विराम नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन्। बेलायती प्रधानमन्त्री स्टेइमरले सेप्टेम्बर महिनादेखि युद्ध विरामसँगै इजरायलले केही शर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका हुन्।

दीर्घकालीन शान्ति स्थापनाका लागि प्रतिबद्ध हुनुपर्ने र संयुक्त राष्ट्र सङ्घको प्रदान गर्ने राहत इजरायलसम्म पुग्नका लागि सहयोग गर्ने लगायत शतै बेलायतले अगाडि सारेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कदमले हमासको आातकंवादी कामलाई सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

बेलायती सरकारले यो निर्णयको अधिकतम असरपछि युद्ध विरामको बाटो तय हुने बताएका छन्।

गत साता फ्रान्सले पनि सेप्टेम्बर महिनादेखि लागु हुने गरी प्यालेस्टाइनलाई भिन्न राज्यको रूपमा मान्यता दिने निर्णय गरेको थियो। फ्रान्स यस किसिमको निर्णय गर्ने जी-७ राष्ट्र मध्यको पहिलो हो।

स्टेइरमरले अति जरुरी क्याबिनेट बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाजामा स्वीकार गर्नै नसकिने खराब अवस्था आएको बताए। उनले बेलायतको चाहना सुरक्षित इजरायल र सार्वभौम प्यालेस्टाइन भएको समेत बताए।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ०० बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत