प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा | Khabarhub Khabarhub

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार गर्दै युद्ध विराम नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन्। बेलायती प्रधानमन्त्री स्टेइमरले सेप्टेम्बर महिनादेखि युद्ध विरामसँगै इजरायलले केही शर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका हुन्।

दीर्घकालीन शान्ति स्थापनाका लागि प्रतिबद्ध हुनुपर्ने र संयुक्त राष्ट्र सङ्घको प्रदान गर्ने राहत इजरायलसम्म पुग्नका लागि सहयोग गर्ने लगायत शतै बेलायतले अगाडि सारेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कदमले हमासको आातकंवादी कामलाई सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

बेलायती सरकारले यो निर्णयको अधिकतम असरपछि युद्ध विरामको बाटो तय हुने बताएका छन्।

गत साता फ्रान्सले पनि सेप्टेम्बर महिनादेखि लागु हुने गरी प्यालेस्टाइनलाई भिन्न राज्यको रूपमा मान्यता दिने निर्णय गरेको थियो। फ्रान्स यस किसिमको निर्णय गर्ने जी-७ राष्ट्र मध्यको पहिलो हो।

स्टेइरमरले अति जरुरी क्याबिनेट बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाजामा स्वीकार गर्नै नसकिने खराब अवस्था आएको बताए। उनले बेलायतको चाहना सुरक्षित इजरायल र सार्वभौम प्यालेस्टाइन भएको समेत बताए।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ०० बजे

तालै तालको पाटन, धार्मिक आस्थाको केन्द्र बुढीनन्दा (तस्बिरहरू)  

धनगढी– चार हजार पाँच सय ८१ मिटरको उचाइ । त्यो

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर

‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी’

काठमाडौं– नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित

एमालेले गर्‍यो मार्तडी बजार सरसफाइ, ठाउँ ठाउँमा स्वागत गेट 

धनगढी– धर्तीको भू-स्वर्ग बडीमालिका धार्मिक यात्रा २०८२ को मौसम चलिरहेको

विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग 

काठमाडौं– नेपालको विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता र सुविधा दिनुपर्ने