बुमराहले पाँचौँ टेस्ट नखेल्ने | Khabarhub Khabarhub

बुमराहले पाँचौँ टेस्ट नखेल्ने


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्डरसन तेन्दुलकर ट्रफी अन्तरगत बिहीबार ओभलमा सुरु हुने पाँचौँ टेस्टमा भारतले स्टार बलर जसप्रित बुमराहलाई आराम दिने भएको छ।

मेडिकल टिमले उनमा ढाडको समस्या भएकाले थप आराम आवश्यक भएको भन्दै पाँचौँ टेस्टमा आराम गर्ने सल्लाह दिएको हो।

गत वर्षदेखि नै ढाडको समस्याले सताइएका उनले यो शृङ्खलामा तीन खेल मात्र खेल्ने पक्का भएको तथा अन्य दुई खेल अनिश्चित भएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ।

यसअघि चार मध्ये दोस्रो टेस्टमा पनि बुमराहलाई आराम दिइएको थियो। सो खेलमा भारतले सफलता पाएको थियो।

बुमराह यस सिरिजमा मोहम्मद सिराजसँगै धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। यी दुवैले १४ विकेट लिएका छन्। भारतीय प्रशिक्षक गम्भीरले दुई दिन अघि बुमराहले पाँचौँ टेस्ट खेल्ने बताएका थिए।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : १३ बजे

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै