राष्ट्रियसभा बैठक बस्दै | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन प्रतिवेदन–२०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक–२०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

बैठकमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : २९ बजे

तालै तालको पाटन, धार्मिक आस्थाको केन्द्र बुढीनन्दा (तस्बिरहरू)  

धनगढी– चार हजार पाँच सय ८१ मिटरको उचाइ । त्यो

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर

‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी’

काठमाडौं– नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित

एमालेले गर्‍यो मार्तडी बजार सरसफाइ, ठाउँ ठाउँमा स्वागत गेट 

धनगढी– धर्तीको भू-स्वर्ग बडीमालिका धार्मिक यात्रा २०८२ को मौसम चलिरहेको

विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग 

काठमाडौं– नेपालको विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता र सुविधा दिनुपर्ने