तिब्बतमा भएको वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत रहन आग्रह « Khabarhub

तिब्बतमा भएको वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत रहन आग्रह


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ। बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ।

रसुवागढी क्षेत्रमा पनि पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ। गत असार २४ गतेको बाढीले रसुवागढीमा मितेरी पुल बगाउनुका साथै ठूलो मानवीय र भौतिक क्षति गरेको थियोे।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाल र चीनको सीमा रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा सचेत रहन भनेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति र उत्तरगया गाउँपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन टोली परिचालित भइसकेको छ। गाउँपालिका र प्रहरी प्रशासनले जारी सूचनालाई तत्काल कार्यान्वयनमा सहयोग पुर्‍याउन भनेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : १८ बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा