बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने « Khabarhub

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको संस्थागत निर्णयअनुसार अघि बढ्ने भएको छ । एमालेको बागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारबारे कांग्रेसले गर्ने संस्थागत निर्णयअनुसार अघि बढ्ने निर्णय गरेको हो । 

‘हामी यो वा त्यो व्यक्तिका पछि लाग्दैनौँ । हल्लाका पछि पनि लाग्दैनौँ । कांग्रेसले जसको पक्षमा संस्थागत निर्णय गर्छ उसलाई साथ दिएर जान्छौँ,’ एमाले प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले खबरहबसँग भने । 

कांग्रेसले पार्टीको आन्तरिक टकरावका प्रदेशसभामा देखिएको अस्थिरतालाई तत्काल निकास दिनुपर्ने निष्कर्ष निकालेको पनि उनले जानकारी दिए । ‘कांग्रेसमा देखिएको टकरावले प्रदेशसभामा जुनखालको अस्थिरता देखिएको छ, तत्काल यसको निकास दिनुपर्छ,’ पोखरेलले भने । 

एमाले बागमतीले सरकारको कार्यशैली सुधारेर जानुपर्नेमा पनि जोड दिएको छ ।

 ‘प्रदेश सरकारबारे प्रश्न उठेका छन् । बजेट कार्यान्वयन फितलो छ,’ पोखरेलले भने, ‘सरकारको कार्यशैली पनि कमजोर छ । यी कुरालाई सुधारेर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ०७ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल