बालुवाटार बैठकमा बागमती प्रदेश सरकारबारे प्रधानमन्त्रीको चासो « Khabarhub

बालुवाटार बैठकमा बागमती प्रदेश सरकारबारे प्रधानमन्त्रीको चासो


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेससँग चासो प्रकट गरेको छ । 

बालुवाटारमा बिहीबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बागमती प्रदेश सरकारबारे चाँसो प्रकट गरेका हुन् । 

बैठकमा सहभागी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भएको प्रतिक्रिया दिए । ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो,’ उनले भने । 

बैठकमा सभापति देउवाले आन्तरिक कुरो भएकाले बागमती प्रदेश सरकारमा देखिएको पछिल्लो घटनाक्रम छिट्टै मिलाउने आशवासन प्रधानमन्त्री ओलीलाई दिए ।  

‘बागमतीको विषय कांग्रेसको हो, कांग्रेसले नै मिलाउँछ,’ उपसभापति खड्काले भने, ‘एमालेले सहयोग गरिरहेकै छ । हामी चाँडै हल गर्छौं भन्यौँ ।’

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ३ : १२ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल