बालुवाटार बैठकमा बागमती प्रदेश सरकारबारे प्रधानमन्त्रीको चासो « Khabarhub

बालुवाटार बैठकमा बागमती प्रदेश सरकारबारे प्रधानमन्त्रीको चासो


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेससँग चासो प्रकट गरेको छ । 

बालुवाटारमा बिहीबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बागमती प्रदेश सरकारबारे चाँसो प्रकट गरेका हुन् । 

बैठकमा सहभागी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भएको प्रतिक्रिया दिए । ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो,’ उनले भने । 

बैठकमा सभापति देउवाले आन्तरिक कुरो भएकाले बागमती प्रदेश सरकारमा देखिएको पछिल्लो घटनाक्रम छिट्टै मिलाउने आशवासन प्रधानमन्त्री ओलीलाई दिए ।  

‘बागमतीको विषय कांग्रेसको हो, कांग्रेसले नै मिलाउँछ,’ उपसभापति खड्काले भने, ‘एमालेले सहयोग गरिरहेकै छ । हामी चाँडै हल गर्छौं भन्यौँ ।’

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : १२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको