मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस् « Khabarhub

मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस्


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

हैटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वािचत नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई हठ त्यागेर राजीनामा दिन भनेका छन् ।

संसदीय दलको निर्वाचनबाट विश्वास गुमाइसकेको अवसथामा अब लामाले हठ त्यागेर राजीनामा दिनुपर्ने बानियाँले बताएका हुन् । शुक्रबार) बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बानियाँले मुख्यमन्त्री लामालाई राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गरिदिन भनेका हुन् ।

‘उहाँ (बहादुरसिंह लामा) ले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएको अवस्थामा नैतिकताका आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्छ,’ बानियाँले अगाडि थपे ।

बानियाँको नेतृत्वमा २१ सांसदहरूले तत्कालीन संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव पारित भएसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए । तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि भएको निर्वाचनमा बानियाँ निर्वाचित भएका थिए ।

कांग्रेसका जम्मा ३७ सांसदमध्ये २२ जनाले बानियाँको पक्षमा मतदान गरेका थिए । जसमा १४ जनाले तामाङलाई मतदान गरेका थिए । एक मत बदर भएको निर्वाचन समितिले जनाएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ३४ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल