तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता « Khabarhub

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र नभई केही वर्षयता अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।

दुई सय ५० वर्ष पुरानो यो नृत्य पछिल्ला वर्ष सबै समुदायको साझा पर्वका रूपमा विकास भइरहेको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । नेवारी समुदायका युवा यस नृत्यप्रति आकर्षित भइरहेको उनले बताए ।

यसको थप प्रचारप्रसार गर्ने उद्देश्यले ‘कला संस्कृतिको संरक्षण–भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ यसवर्ष कृष्ण जन्माष्टमीका दिन अर्थात् साउन ३१ गते पोखरा–३० सिसुवामा २६औँ तायाः मचा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पालिखेले बताए ।

नेवाःखल कास्कीको आह्वानमा सिसुवा नेवाःखलले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नृत्यमा नाच्ने ९० प्रतिशत नेवारी युवा नै छन् । प्रतियोगितामा कास्कीका ३५ समूहले सहभागिता जनाउने छन् ।

नृत्य प्रतियोगिताका संयोजक एवं सिसुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्रकारले मान्छेलाई सिङ बनाइ महिलाका लुगा दुपट्टा, तास, ढाका र अन्य चोलोहरू डोकोमा बेरी गाईलाई पूजा गर्दै बजार परिक्रमा गरिने परम्परा नै तायाःमचा भएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ८ : ३२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल