‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै « Khabarhub

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड जातको स्याउखेती गर्न थालिएको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिडका बोटले गुणस्तरीय र छिटो उत्पादन दिने भएकाले यहाँको यसतर्फ आकर्षण बढेको हो ।

गतवर्षसम्म यहाँका किसानले ८९० हेक्टर जमिनमा हाइब्रिड जातका स्याउका बिरुवा लगाएका यहाँस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष थप जमिनमा बिरुवा लगाउनेको सङ्ख्या बढेको केन्द्रले जनाएको छ ।

सुरुआती चरणमा मनाङ एग्रो कम्पनीले यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीको परीक्षण गरेको थियो । विसं २०७५ मा परीक्षण गरिएको परीक्षण सफल भएपछि यहाँका अरु किसानले पनि सोही प्रविधि अपनाएर खेती गर्न थालेका चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो समय मुस्ताङका पाँचै स्थानीय तहका किसानले स्थानीय जातलाई थाँती राख्दै हाइब्रिड स्याउखेती गर्न थालेका हुन् ।

स्थानीय जातका बोटको तुलनामा हाइब्रिड बोटले दोब्बर तथा गुणस्तरीय तथा आकर्षक उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको सञ्चालक गुरुङको भनाइ छ । यहाँ उच्च घनत्वको नयाँ स्याउखेती अपनाउन थालिएसँगै ग्रेगान बगरबाट उच्चलेकसम्म बिरुवा रोपिएको उनले जानकारी दिए ।

पछिल्लो समय यहाँको कालीगण्डकी तटीय भू-भागको गेग्रान बगरबाट शाखा नदीको खाली गेग्रान बगरमा हाइब्रिड स्याउखेती विस्तार भइरहेको केन्द्रले जनाएको छ । सामूहिक रूपमा नदी क्षेत्रको गेग्रान बगरबाट उच्च उचाइमा हाइब्रिड स्याउखेती गर्न थालिएको केन्द्रका प्रमुख राजेश गुरुङले जानकारी दिए ।

मुस्ताङमा सबै खेतीयोग्य जमिनमा ५० वर्षसम्मका स्थानीय जातका स्याउ बोट विद्यमान छन् । फल दिइरहेका स्थानीय जातका स्याउलाई कायम राखी खाली भएका सार्वजनिक जग्गामा हाइब्रिड जातका बोट रोपिएको उनको भनाइ छ ।

मनाङ एग्रो कम्पनीले यसवर्ष २० हजार हाइब्रिड जातका स्याउका बिरुवा मुस्ताङ पठाइएको थियो । यहाँको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाभित्र बाँझो जग्गा र गेग्रान बगरमा हाइब्रिड स्याउखेती गरिएको केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।

“सरकारी खेर गइरहेका गेग्रान बगरमा स्याउखेती गरिए पनि समुदायस्तरमा लाभ वितरण गरिने छ । यहाँको कूल भूगोलको दुई प्रतिशतको नक्सा नभएकाले समुदाय वा व्यक्तिलाई उक्त जग्गा भाडामा दिन कानुनी जटिलता देखिएको छ । सार्वजनिक जग्गाको वर्गिकरण गरी भाडामा दिन सके किसान आत्मनिर्भर बन्नुका साथै राजस्व वृद्धि हुनेछ”, उनले भने ।

नयाँ प्रविधिमा हाइब्रिड स्याउखेती गर्न थालेसँगै खेर गइरहेका बाँझो जग्गा, तटीय ग्रेगान बगर र उच्चलेकसम्म बिरुवा रोपिएको प्रमुख गुरुङले बताए । थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न सकिने, छिटो उत्पादन दिने, एउटा बोटले ३० किलोसम्म उत्पादन दिने भएकाले कृषक यसतर्फ आकर्षित भएका उनको भनाइ छ । उहाँले दुई सेन्टिमिटरको दूरीमा बिरुवा रोपिने जनाउँदै बजारीकणमा समस्या नहुने बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : ३० बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा