‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै | Khabarhub Khabarhub

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड जातको स्याउखेती गर्न थालिएको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिडका बोटले गुणस्तरीय र छिटो उत्पादन दिने भएकाले यहाँको यसतर्फ आकर्षण बढेको हो ।

गतवर्षसम्म यहाँका किसानले ८९० हेक्टर जमिनमा हाइब्रिड जातका स्याउका बिरुवा लगाएका यहाँस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष थप जमिनमा बिरुवा लगाउनेको सङ्ख्या बढेको केन्द्रले जनाएको छ ।

सुरुआती चरणमा मनाङ एग्रो कम्पनीले यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीको परीक्षण गरेको थियो । विसं २०७५ मा परीक्षण गरिएको परीक्षण सफल भएपछि यहाँका अरु किसानले पनि सोही प्रविधि अपनाएर खेती गर्न थालेका चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो समय मुस्ताङका पाँचै स्थानीय तहका किसानले स्थानीय जातलाई थाँती राख्दै हाइब्रिड स्याउखेती गर्न थालेका हुन् ।

स्थानीय जातका बोटको तुलनामा हाइब्रिड बोटले दोब्बर तथा गुणस्तरीय तथा आकर्षक उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको सञ्चालक गुरुङको भनाइ छ । यहाँ उच्च घनत्वको नयाँ स्याउखेती अपनाउन थालिएसँगै ग्रेगान बगरबाट उच्चलेकसम्म बिरुवा रोपिएको उनले जानकारी दिए ।

पछिल्लो समय यहाँको कालीगण्डकी तटीय भू-भागको गेग्रान बगरबाट शाखा नदीको खाली गेग्रान बगरमा हाइब्रिड स्याउखेती विस्तार भइरहेको केन्द्रले जनाएको छ । सामूहिक रूपमा नदी क्षेत्रको गेग्रान बगरबाट उच्च उचाइमा हाइब्रिड स्याउखेती गर्न थालिएको केन्द्रका प्रमुख राजेश गुरुङले जानकारी दिए ।

मुस्ताङमा सबै खेतीयोग्य जमिनमा ५० वर्षसम्मका स्थानीय जातका स्याउ बोट विद्यमान छन् । फल दिइरहेका स्थानीय जातका स्याउलाई कायम राखी खाली भएका सार्वजनिक जग्गामा हाइब्रिड जातका बोट रोपिएको उनको भनाइ छ ।

मनाङ एग्रो कम्पनीले यसवर्ष २० हजार हाइब्रिड जातका स्याउका बिरुवा मुस्ताङ पठाइएको थियो । यहाँको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाभित्र बाँझो जग्गा र गेग्रान बगरमा हाइब्रिड स्याउखेती गरिएको केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।

“सरकारी खेर गइरहेका गेग्रान बगरमा स्याउखेती गरिए पनि समुदायस्तरमा लाभ वितरण गरिने छ । यहाँको कूल भूगोलको दुई प्रतिशतको नक्सा नभएकाले समुदाय वा व्यक्तिलाई उक्त जग्गा भाडामा दिन कानुनी जटिलता देखिएको छ । सार्वजनिक जग्गाको वर्गिकरण गरी भाडामा दिन सके किसान आत्मनिर्भर बन्नुका साथै राजस्व वृद्धि हुनेछ”, उनले भने ।

नयाँ प्रविधिमा हाइब्रिड स्याउखेती गर्न थालेसँगै खेर गइरहेका बाँझो जग्गा, तटीय ग्रेगान बगर र उच्चलेकसम्म बिरुवा रोपिएको प्रमुख गुरुङले बताए । थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न सकिने, छिटो उत्पादन दिने, एउटा बोटले ३० किलोसम्म उत्पादन दिने भएकाले कृषक यसतर्फ आकर्षित भएका उनको भनाइ छ । उहाँले दुई सेन्टिमिटरको दूरीमा बिरुवा रोपिने जनाउँदै बजारीकणमा समस्या नहुने बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : ३० बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।