बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो | Khabarhub Khabarhub

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।

मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिकारको स्वाद लिएका हुन् ।

“यहाँ तयार पारिएको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौँमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो”, मेयर शाहले भने । मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला थाली पुगेका थिए ।

मास्टर सेफ साह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन् । साहले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा गरिरहेका छन् भने गैरीधारामा जनकपुर फिस हाउस पनि सञ्चालन गरिरहेका छन् । साथै जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् ।

पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरु गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुर माछाका परिकारका लागि चर्चित गन्तव्य हो । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले केही समय अघि साहले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ९ : ५२ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।