नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत « Khabarhub

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतले नवलपुरमा समेत बेवारिसे शव व्यवस्थापन सुरु गरेका छन् । नवलपुरको कावासोतीमा बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा सञ्चालन गरी उनले नवलपुर, चितवन र मकवानपुरमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गरेका हुन् ।

हालसम्म सात हजार बढी बेवारिसे शवको व्यवस्थान गरिसकेको उल्लेख गर्दै उहाँले अब नवलपुरमा समेत अभियान सुरु गरिएको बताए । उनले आफ्नो संस्थाले बेवारिसे शवको दाहसंस्कारसँगै सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आश्रम, दुव्र्यसनी भएमा निःशुल्क पुनःस्थापना केन्द्रमा लगेर उपचार गर्ने र आफन्त नभेटिएका शवको दाहसंस्कार गर्ने काम गर्दै आएको बताए ।

बस्नेतले आफूले पैसा र नामका लागि नभई सामाजिक उत्तरदायित्व बहन गर्न बेवारिसे शवको व्यवस्थापन गर्दै आएको भन्दै यस अभियान प्रहरी प्रशासनले पनि सघाइरहेको बताए ।

संस्थाकी महिला विभाग प्रमुख पूजा विश्वकर्माले आफन्त नभेटिएर बेवारिसे अवस्थामा रहेका शवको दाहसंस्कार गर्दा आत्माले शान्ति पाउने र आफूले आत्मसन्तुष्टी महसुस गर्ने बताए । नवलपुरमा अभियान सुरु भएपछि मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विभिन्न चार वटा बेवारिसे शवको पवित्र धार्मिकस्थल देवघाटमा लागेर सामूहिक दाहसंस्कार गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १० : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल