काठमाडौं ओर्लिएपछि सभामुखले सुनाए जेनेभा भ्रमणका उपलब्धिको सूची « Khabarhub

काठमाडौं ओर्लिएपछि सभामुखले सुनाए जेनेभा भ्रमणका उपलब्धिको सूची


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सम्मेलनका क्रममा भएको छलफलबारे जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहको बताए ।

उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावबारे छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसद्लाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाबारे आफूले धारणा राखेको उनले जानकारी दिए ।

सभामुख घिमिरेले अबको युगमा संसदलाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणको नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताए ।

सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उनको भनाइ छ ।

त्यस्तै घिमिरेले विभिन्न मुलुकबाट आएका संसदका प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारीका विषयमा छलफल भएको जानकारी दिए ।

सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुने जलवायुसम्बन्धी सम्मेलनबारे अन्तर व्यवस्थापिका सङ्घका प्रमुखसँग परामर्श भएको उल्लेख गरे।

अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले सम्बोधन गरेका थिए । नेपालको संघीय संसदको तर्फबाट ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका के हुनसक्छ?’ शीर्षकको प्यानल डिस्कसनमा पनि उनले धारणा राखे।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ३५ बजे

तराईमा तातो लहर कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास