काठमाडौं ओर्लिएपछि सभामुखले सुनाए जेनेभा भ्रमणका उपलब्धिको सूची « Khabarhub

काठमाडौं ओर्लिएपछि सभामुखले सुनाए जेनेभा भ्रमणका उपलब्धिको सूची


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सम्मेलनका क्रममा भएको छलफलबारे जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहको बताए ।

उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावबारे छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसद्लाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाबारे आफूले धारणा राखेको उनले जानकारी दिए ।

सभामुख घिमिरेले अबको युगमा संसदलाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणको नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताए ।

सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उनको भनाइ छ ।

त्यस्तै घिमिरेले विभिन्न मुलुकबाट आएका संसदका प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारीका विषयमा छलफल भएको जानकारी दिए ।

सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुने जलवायुसम्बन्धी सम्मेलनबारे अन्तर व्यवस्थापिका सङ्घका प्रमुखसँग परामर्श भएको उल्लेख गरे।

अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले सम्बोधन गरेका थिए । नेपालको संघीय संसदको तर्फबाट ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका के हुनसक्छ?’ शीर्षकको प्यानल डिस्कसनमा पनि उनले धारणा राखे।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ३५ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय