खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार « Khabarhub

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । 

विभागले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । 

कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । परीक्षण गरेपछि प्रत्ययन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उनले बताए ।

क्षेत्र विस्तारसँगै विभागअन्तर्गतको प्रयोगशालाले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसबाट खाद्य तथा दाना पदार्थको नमूना विश्लेषणको विश्वसनीयता कायम राख्न तथा निर्यातमा सहजीकरण गर्न पनि सहयोग मिल्ने विश्वास विभागले लिएको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ०९ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी