नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला | Khabarhub Khabarhub

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव फेला परेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आइतबार कुँवरको शव फेला परेको हो । 

शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उनले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताए ।  
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ०६ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड