हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो « Khabarhub

हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

खोटाङ– यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।

त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर आज बिहान सिरहाको गोलबजारतर्फ फर्किँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस अनियन्त्रित भइ सडकदेखि करिब २०० मिटर तल खस्दा एक जनाको मृत्यु र १७ जना घाइते भएका थिए । 

दुर्घटनामा परी सिरहा नराह गाउँपालिका–५ निवासी २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो । दुर्घटनाग्रस्त माईक्रोबसभित्रै च्यापिनु भएका ममतादेवीलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पुर्‍याइएकामा अस्पतालले मृत घोषणा गरेको हो ।

घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव,  ४० वर्षीया मिथिलाकुमारी यादव,  ३० वर्षीया पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव र सोही गाउँपालिकाको वडा नं। २ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव तथा धनुषा जिल्ला सबेला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव रहेका छन् ।

उनीहरु सबैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

दुर्घटनाका सामान्य घाइतेहरूको उदयपुर घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । माइक्रोबसका चालक सिरहा नगरपालिका–३ सारसोरका २८ वर्षीय रामनाथ साह फरार छन् । 

उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ०० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक