‘कुलिङ पिरियड’मा छेडखानी : संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

‘कुलिङ पिरियड’मा छेडखानी : संसदीय समितिले सभामुखलाई बुझायो प्रतिवेदन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीबारे छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

सउमितिका संयोजक एवम् नेपाली कांग्रेसका सांसद जीवन परियारले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरासहितलाई जिम्मेवार ठहर्‍याएको प्रतिवेदन मंगलबार सभामुखलाई बुझाएका हुन् ।

समितिले सभापति खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको किटान गरेको छ । तर उता सभापति खतिवडाले आफू सुरूदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । हिजो पनि र भोलि पनि आफू कुलिङ पिरियडको पक्षमा उभिने बताउँदै उनले छेडखानीमा नैतिक जिम्मेवारी लिने बताएका छन् ।

खतिवडाले खबरहबसँग भने, ‘कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक र राजनीतिक जिम्मेवार बनाएको छ। मैले मेरोतर्फबाट भएको कमजोरीको आज पनि जिम्मेवारी लिन्छु, भोलि पनि लिन्छु ।’

उनले थपे, ‘कुलिङ पिरियड समेटिएको निजामती सेवा विधेयकमा मैले नै हस्ताक्षर गरेर पठाएको हो। त्यसबारे जिम्मेवारी लिन्छु। तर जसले बदमासी गरेको हो, उसलाई कारबाही हुनुपर्छ भनेर म पहिले पनि बोलेको हो ।’

खतिवडाले संसदीय समितिको निर्णयप्रति आफ्नो असहमति नरहेको जनाए । ‘मैले कुलिङ पिरियडबारे उल्लेखित विषय बोल्ड अक्षरमा सही गरेर पठाएको हो। त्यसपछि १५ दिनसम्म सांसदहरूले के हेरेर बसे, किन अध्ययन गरेनन् – मलाई पनि अनौठो लागेको छ।’

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : २६ बजे

संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले संसद्मा सरकारलाई

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा

सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

सिराहा– यहाँको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा

राष्ट्रिय महत्वका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौँ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक