पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन « Khabarhub

पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको हृदयघातका कारण निधन भएको छ । क्लबको फुटबल प्रशिक्षण केन्द्रमा मङ्गलबार राति उनको मृत्यु भएको हो ।

सन् २००४ मा पोर्टोले होसे माउरिन्होको प्रशिक्षण र कोस्टाको नेतृत्वमा उपाधि जितेको थियो । सन् २००६ मा खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका उनी त्यसपछि व्यवस्थापकीय भूमिकामा थिए ।

पोर्टोले एक विज्ञप्ति जारी गर्दै कोस्टाले आफ्नो जीवनमा क्लबको साख माथि उठाउन धेरै भूमिका निर्वाह गरेको भन्दै उनको निधनले अपूरणीय क्षति भएको जनाएको छ ।

यो वर्ष पूर्व पोर्टोका खेलाडी मध्ये यसरी अकस्मात् ज्यान गुमाउने कोस्टा तेस्रो व्यक्ति हुन् । यस अघि क्लबमा ६ वर्ष बिताएका डिएगो कोस्टा र उनका भाइ आन्द्रे सिल्भाको निधन भएको थियो ।

अहिले फेनरबाकको टोली हेरिरहेका माउरिन्होले भावविभोर हुँदै पोर्टोको निधन सिङ्गो फुटबल दुनियाँका लागि पीडाको विषय भएको बताएका छन् ।

पोर्टोको एकेडेमीबाट ग्राजुएट भएपछि उनले क्लबका लागि ३२४ खेलमा सहभागिता जनाए । सन् २००५ सम्ममा उनले क्लबलाई २४ उपाधि दिलाएका थिए । यस बिचमा उनले च्याम्पियन्स लिग, युइएफए कप र ८ पटक घरेलु लिगको उपाधि क्लबलाई  दिलाएका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ३५ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला