भुटानसँग बराबरीमा रोकियो नेपाल « Khabarhub

भुटानसँग बराबरीमा रोकियो नेपाल


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेल १–१ को परिणामसहित टुंगिएको हो।

खेलको १०औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। तर, ८ मिनेटपछि भुटानी खेलाडी केल्डिन वाल्मोले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरिन्।

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन सकेनन्। बराबरीसँगै नेपाल र भुटानले समान १–१ अंक बाँडेका छन्।

यसै समूहको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० ले हराउँदै शीर्ष स्थानमा रहेको छ। नेपालले अब शुक्रबार साउदी अरेबियासँग र आइतबार उत्तर कोरियासँग खेल्ने तालिका छ।

नेपाल रहेको समूहमा आयोजक भुटान, उत्तर कोरिया र साउदी अरब छन्। मंगोलियाले भने आफ्नो नाम फिर्ता लिएको छ।

थाइल्यान्डमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कपमा स्थान पाउन छनोटको समूह विजेता वा उत्कृष्ट उपविजेतामा पर्नुपर्नेछ। ८ समूहका विजेता र ३ उत्कृष्ट उपविजेताले एसियन कपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ०६ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान