एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन « Khabarhub

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरेर बिक्री गरेको हो ।

कम्पनीको आज सम्पन्न साधारणसभा कम्पनीका अध्यक्ष विनोद पोखरेलले दैनिक एक हजार चार सय ५० पेटी अण्डा उत्पादन हुँदै आएको बताए । कम्पनीले नवलपरासीको (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं।३ को सर्दीमा करिब ११ बिघामा फैलिएको फार्ममा कुखुरापालन गर्दै आएको छ । फार्ममा अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै छ लाख कुखुरा पु¥याउने लक्ष्य लिइएको अध्यक्ष पोखरेलले बताए ।

कम्पनीले गत आर्थिक वर्षमा रु आठ करोड १५ लाख ९० हजार नौ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु १८.३७ आम्दानी गरेको थियो । अध्यक्ष पोखरेलले पेश गर्नुभएको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०÷८१ मा प्रतिशेयर रु ३.६४ आम्दानी गरेको कम्पनीले यसवर्ष प्रतिशेयर आम्दानी बढाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीले रु दुई करोड ६३ लाख नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी रु २७ करोड रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर रु ५० करोड पुगेको छ ।

साधारणसभाले कम्पनीको २०८१÷८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्तावअन्तर्गत प्रारम्भिक सार्वजनिक आह्वान (आइपिओ) मा जानका लागि सबै कानुनी प्रक्रिया पूरा गरेकोले सोसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष रघुनाथ भट्ट, सञ्चालक हेमराज बडाल, डा अनन्त दाहाल, डा आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, शेयरधनीका तर्फबाट माधवप्रसाद अर्यालले आफ्नो धारणा राखका थिए ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेल र कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले आर्थिक प्रतिवेन र कम्पनीका बारेमा जानकारी दिएका थिए । साधारणसभाका अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट र पूर्वसञ्चालक द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ५४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा