झापामा करेन्ट लागेर एक युवकको मृत्यु « Khabarhub

झापामा करेन्ट लागेर एक युवकको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भई हाल हल्दिबारी–४ ऐनाबारीमा बस्दै आएका ३१ वर्षीय रामकुमार अधिकारीको नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले हल्दिबारी–४ स्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा काम गर्दै आएका अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताए ।

यसैगरी जिल्लाको मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ । आज बिहान खोलामा घोप्टो परेको अवस्थामा करिब ५०–५५ वर्षीया महिलाको शव फेला परेको र हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ५२ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको