झापामा करेन्ट लागेर एक युवकको मृत्यु | Khabarhub Khabarhub

झापामा करेन्ट लागेर एक युवकको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भई हाल हल्दिबारी–४ ऐनाबारीमा बस्दै आएका ३१ वर्षीय रामकुमार अधिकारीको नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले हल्दिबारी–४ स्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा काम गर्दै आएका अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताए ।

यसैगरी जिल्लाको मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ । आज बिहान खोलामा घोप्टो परेको अवस्थामा करिब ५०–५५ वर्षीया महिलाको शव फेला परेको र हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ५२ बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले