बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति गठन | Khabarhub Khabarhub

बौद्धनाथ स्तुपाको विवाद अध्ययन गर्न समिति गठन


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्धस्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

गत शनिवार क्षमा पूजा गर्ने कार्यक्रममा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त बनेको थियो । लामो सयमदेखि चिनयाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच विवाद चल्दै आएको छ ।

बुधबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्याल, मन्त्रालयका पदाधिकारी सहितको बैठकले सिमति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले बौद्धनाथ क्षेत्र विकास समिति,बौद्ध तामाङ कल्याण गुठी, बौद्ध-मेलम्ची घ्याङ्ग गुठीबिचको विवाद अन्त्यका लागि सहजिकरण गर्न एवम् ति संस्थाहरुको विवाद अध्ययन गरि दिगो समाधानका लागि उपयुक्त सुझाव सहितको प्रतिवेदन तयार पेश गर्न सहसचिव तामाङको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव निरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ०८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने