अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए | Khabarhub Khabarhub

अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले पत्रकारलाई धम्की दिएको आरोप लगाएको छ । अमेरिकाको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको २०२४ को मुलुकको मानव अधिकार अभ्यास प्रतिवेदनमा मेयर साम्पाङ र उनका समर्थकले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाललाई धम्की दिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा लेखिएको छ, ‘भ्रष्टाचारबारे समाचार लेख्ने पत्रकारमाथि आक्रमण र धम्कीका केही घटना भएका छन् । यसमा मेयरको रेकर्डबारे खोजमूलक रिपोर्ट लेख्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले खोज पत्रकारिता केन्द्रका गोपाल दाहाललाई व्यक्तिगत एवम् व्यवसायिक धम्की दिइएको घटना पनि सम्मिलित छ ।’

प्रतिवेदनमा गत वर्षको तुलनामा नेपालमा मानव अधिकारको अवस्थामा खासै परिवर्तन नभएको पनि उल्लेख गरिएको छ । गैरन्यायिक एवम् एकपक्षीय हत्या, दण्डका रुपमा यातना, अमानवीय वा निकृष्ट व्यवहार, मनोमानी हिरासतमा लिइएका घटना भएको प्रतिवेदनले जनाएको छ ।

त्यसैगरी, नेपालमा पत्रकारमाथि हिंसा वा हिंसाको धम्की एवम् अनुचित पक्राउजस्ता मिडिया स्वतन्त्रता एवम् अभियक्ति स्वतन्त्रतामा गम्भीर बन्देज र बधुँवा मजदुरसहित मानव तस्करीका घटना पनि भएको जनाइएको छ ।

यद्यपि सरकारले मानव अधिकारको दुरुपयोग गर्ने अधिकारीमाथि अनुसन्धान गर्न विश्वसनीय कदम चालेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ । तर, मानव अधिकार उल्लङ्घन गर्ने अधिकारीलाई दृढतापूर्वक दण्ड भने नदिइएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ३५ बजे

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन