अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए « Khabarhub

अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले पत्रकारलाई धम्की दिएको आरोप लगाएको छ । अमेरिकाको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको २०२४ को मुलुकको मानव अधिकार अभ्यास प्रतिवेदनमा मेयर साम्पाङ र उनका समर्थकले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाललाई धम्की दिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा लेखिएको छ, ‘भ्रष्टाचारबारे समाचार लेख्ने पत्रकारमाथि आक्रमण र धम्कीका केही घटना भएका छन् । यसमा मेयरको रेकर्डबारे खोजमूलक रिपोर्ट लेख्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले खोज पत्रकारिता केन्द्रका गोपाल दाहाललाई व्यक्तिगत एवम् व्यवसायिक धम्की दिइएको घटना पनि सम्मिलित छ ।’

प्रतिवेदनमा गत वर्षको तुलनामा नेपालमा मानव अधिकारको अवस्थामा खासै परिवर्तन नभएको पनि उल्लेख गरिएको छ । गैरन्यायिक एवम् एकपक्षीय हत्या, दण्डका रुपमा यातना, अमानवीय वा निकृष्ट व्यवहार, मनोमानी हिरासतमा लिइएका घटना भएको प्रतिवेदनले जनाएको छ ।

त्यसैगरी, नेपालमा पत्रकारमाथि हिंसा वा हिंसाको धम्की एवम् अनुचित पक्राउजस्ता मिडिया स्वतन्त्रता एवम् अभियक्ति स्वतन्त्रतामा गम्भीर बन्देज र बधुँवा मजदुरसहित मानव तस्करीका घटना पनि भएको जनाइएको छ ।

यद्यपि सरकारले मानव अधिकारको दुरुपयोग गर्ने अधिकारीमाथि अनुसन्धान गर्न विश्वसनीय कदम चालेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ । तर, मानव अधिकार उल्लङ्घन गर्ने अधिकारीलाई दृढतापूर्वक दण्ड भने नदिइएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ३५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा