दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक | Khabarhub Khabarhub

दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गो प्रोले बुधबार दुई नयाँ एक्सन क्यामेरा सार्वजनिक गरेको छ । ‘हिरो–८ र गो प्रो म्याक्स एक्सन’ दुई वटा मोडेल भारतीय बजारमा ल्याएको हो ।

हिरो–८ ब्लाकलाई हिरो–७ ब्ल्याकको अपग्रेड भर्सनको रुपमा सार्वजनिक गरिएको छ । यस्तै, गो प्रो म्याक्सलाई गो प्रो फ्युजनको अपग्रेड भेरिएन्टका रुपमा ल्याइएको छ ।

हिरो–८ ब्ल्याक यो क्यामेरामा गुणस्तरीय अडियोका लागि फ्रन्ट फेसिंग माइक्रोफोन राखिएको छ ।

यो क्यामेराको अर्को विशेषता भनेको डिस्प्ले मोडमा १.९ इन्चको एक्सटर्नल फोल्डेबल स्क्रिन उपलब्ध छ । साथै लाइट मोडको सहयोगमा यो क्यामेरालाई १० मिटर गहिरो पानी भित्र पनि प्रयोग गर्न सकिने छ ।

यस्तै, गो प्रो म्याक्स भने पाँच मिटर गहिराइको पानी भित्र पनि प्रयोग गर्न सकिन्छ । यसमा बिल्ट इन जीपीएस, एचडी रेकर्डिङ गर्न सकिन्छ ।
यो एक्सन क्यामेरा रहेको यो ३६० डिग्री क्यामरा जस्तै प्रयोग गर्न सकिन्छ ।

भारतीय बजारमा सार्वजनिक गरिएका यी दुई गो प्रो केही हप्तापछि मात्रै उपभोक्ताले किन्न पाउने छन् । अहिले भने कम्पनीले बुकिङ खुला गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : २१ बजे

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति

‘अनलाइन’ जुवामा संलग्न २४ जना पक्राउ

काठमाडौं – ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा

गण्डकी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली – भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट

प्रचण्डले कार्यकर्तालाई अँगालो हाल्दा माधवलाई सकस

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकजना कोटधारी नेतालाई घप्लक्कै