नागढुंगा सुरूङ मार्गबाट चल्ने साधनको दस्तुर तोकियो, ६० रुपैयाँदेखि ६०० सम्म | Khabarhub Khabarhub

नागढुंगा सुरूङ मार्गबाट चल्ने साधनको दस्तुर तोकियो, ६० रुपैयाँदेखि ६०० सम्म


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।

मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले सुरङमार्गबाट चल्ने सवारी साधनका लागि दस्तुर तोकेको हो।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सुरूङमार्ग हुँदै चल्ने यातायातका साधनका लागि ६० रुपैयाँदेखि ६०० सय रुपैयाँसम्म दस्तुर तोकिएको जानकारी दिए ।

नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्दै सरकारले कार/भ्यानहरू काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ कायम गरेको छ ।

उता मिनी बस/ट्रकका लागि काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । सरकारले बस/ट्रकबाट काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर लिने भएको छ। उता अन्य भारी उपकरणहरू काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ दस्तुर तोक्ने निर्णय गरेको गुरुङले बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : २४ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको