म:ममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना « Khabarhub

म:ममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । 

महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । 

‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,’ न्यौपानेले बताए।

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई  निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ४ : ३६ बजे

सुस्मिताको गुहार : सरकार, मेरो नागरिकता फिर्ता गरिदेऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित