पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल « Khabarhub

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने क्षति कम गर्न पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

नेपाल इञ्जिनीयरिङ काउन्सिलले बिहिबार काठमाडौँमा आयोजना गरेको ‘इञ्जिनीयरिङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन-अनुसन्धान जरुरी रहेको बताए। उनले पूर्वाधार निर्माण पूर्व विस्तृत रूपमा योजनाबद्ध अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए । 

नेपालको भू–धरातलिय विशिष्‍टता सुहाउँदो विकास ढाँचा आवश्यक रहेको बताउँदै मन्त्री दाहालले नेपालको भौगोलिक चुनौती खेप्नसक्ने प्रविधिबारे अध्ययन गर्न सरोकार भएका सबैलाई आग्रह गरे । 

‘आवश्यक नीति र कानुन निर्माण र संशोधनका लागि सरकार तयार छ, ठूला राजमार्गको विकास र विस्तार, आधुनिक सुरुङमार्गको निर्माण, नेपालको विशिष्ट भूबनोट सुहाउँदा सुरक्षित सडकलगायत संरचना निर्माणमा नेपाली इञ्जिनीयरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’, मन्त्री दाहालले भने। 

उनले नेपाली इन्जिनियरहरूको शिक्षा र क्षमतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरे । 

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पु¥याउन इञ्जिनीयरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए। उपयोगबाट आर्थिक समृद्धिलाई अघि बढाउन सकिने धारणा राख्दै उहाँले नेपालमा उत्पादित जनशक्तिबाट पूर्वाधार क्षेत्रलाई आधुनिक र दिगो बनाउन सकिने बताए। उनले नेपाली इन्जिनियरहरूको वृत्तिविकास र योगदानलाई महत्त्वका साथ हेरिएको उल्लेख गरे।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इञ्जिनीयर र इञ्जिनीयरङ क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदानबिना आधुनिक विकास सम्भव नहुने बताए। कार्यक्रममा इञ्जिनीयरङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञसहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : २५ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको