रक्षामन्त्रीले भने- काठमाडौं–तराई मधेस द्रुतमार्गको काम तीव्र रूपमा अघि बढिरहेको छ  « Khabarhub

रक्षामन्त्रीले भने- काठमाडौं–तराई मधेस द्रुतमार्गको काम तीव्र रूपमा अघि बढिरहेको छ 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले काठमाडौं तराई-मधेस द्रुतमार्ग आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री राईले निर्धारित समयमै द्रुतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ सेनाले तराई/मधेस द्रुतमार्ग आयोजनाको काम तीव्र रूपमा गरिरहेको जानकारी दिएका हुन् ।

उनले निर्धारित मितिमा आयोजना सम्पन्न हुन नसके पनि अन्य आयोजना जस्तो धेरै ढिलाइ नहुने बताए  । मन्त्री राईले आयोजना अन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा केही समस्या अझै पनि रहेको उल्लेख गरे ।

स्थानीयवासीको भावनाअनुसार खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाउनेमा सरकार र सेना स्पष्ट रहको उनको भनाइ छ ।

उनले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए । 

त्यस्तै प्रधान सेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै द्रुतमार्ग आयोजना सम्पन्न गर्नेगरि नै निर्माण कार्य भइरहेको बताए । अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको र अब हुने काम छिटो सकिने खालको रहेको उनले बताए । 

उनले खोकना प्रवेश विन्दुमा आउन नसकेको अवस्थामा पनि विकल्प तयार गरिएको उल्लेख गरे । 

खोकना प्रवेश विन्दुको कार्य अघि बढाउँदा सो क्षेत्रको ऐतिहासिक स्थल र सम्पदामा कुनै असर नपर्ने समेत उनले बताए । 

बैठकमा समिति सदस्यहरूले तराई/मधेस द्रुतमार्ग आयोजनालाई समयमा नै सम्पन्न गर्नेगरि काम गर्नुपर्ने र आयोजना निर्माणका क्रममा देखिने समस्यालाई समाधान गर्न सरकार समेत गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : ५४ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव