वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा « Khabarhub

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमले प्रदेश सरकारहरूसँग मिलेर जहाज खरिद तयारी गरेको छ । प्रदेशस्तरीय उडानको लागि निगमले प्रदेश सरकारहरूको सँगको साझेदारीमा जहाज खरिद गर्ने तयारी गरेको हो ।

निगमको व्यवस्थापन र प्रदेश सरकारको लगानीमा प्रत्येक प्रदेश स्तरमा १/१ वटा एसटीओल जहाज खरिद गरेर सञ्चालन गर्ने गृहकार्य भइरहेको निगमले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दिएको विशेष निर्देशन बमोजिम निगमले प्रदेश स्तरमा एसटीओल जहाज सञ्चालन गर्ने विषयमा अहिले सबै प्रदेशसँग छलफललाई अगाडि बढाएको छ ।

एसटीओल जहाज सञ्चालन गर्नको लागि प्रदेश सरकार र स्थानीय सरकारको अनुदान लगानी हुने, स्वामित्व र सञ्चालक वायु सेवा निगम रहने गरी निगमले लगानीको मोडालिटी तयार पारेर छलफल गरेको जनाएको छ । जसमा एउटा जहाज खरिद गर्न ७.४ मिलियन अमेरिकी डलरसम्म पर्न सक्ने अनुमान गरिएको छ ।

साथै, त्यसरी सञ्चालन गर्ने विमानमा प्रदेशको पहिचान हुनेगरी संकेत वा चित्र कोर्न सकिने प्रस्ताव पनि निगमको छ ।

निगमका प्रवक्ता सुवास डाँगीले अहिलेसम्म गण्डकी प्रदेश र कोशी प्रदेशसँग प्रदेशस्तरीय जहाज सञ्चालन गर्ने निगमको प्रस्तावमा छलफल भएको बताए ।

‘खासगरी साना ट्वीनअटर जहाजहरू त्यसरी सञ्चालन गर्न सकिन्छ, जसलाई उडान गर्ने ठाउँ, तालिका र भाडादर समेत प्रदेश सरकारले तोक्न सक्नेगरी छलफल भएको छ’, उनले भने ।

छलफल भएको प्रदेशसँग सकारात्मक वातावरण बनेको र बाँकी पाँच वटा प्रदेशमा पनि छलफल अगाडि बढाउने तालिका रहेको प्रवक्ता डाँगीले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ६ : ०८ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक