वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा « Khabarhub

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमले प्रदेश सरकारहरूसँग मिलेर जहाज खरिद तयारी गरेको छ । प्रदेशस्तरीय उडानको लागि निगमले प्रदेश सरकारहरूको सँगको साझेदारीमा जहाज खरिद गर्ने तयारी गरेको हो ।

निगमको व्यवस्थापन र प्रदेश सरकारको लगानीमा प्रत्येक प्रदेश स्तरमा १/१ वटा एसटीओल जहाज खरिद गरेर सञ्चालन गर्ने गृहकार्य भइरहेको निगमले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दिएको विशेष निर्देशन बमोजिम निगमले प्रदेश स्तरमा एसटीओल जहाज सञ्चालन गर्ने विषयमा अहिले सबै प्रदेशसँग छलफललाई अगाडि बढाएको छ ।

एसटीओल जहाज सञ्चालन गर्नको लागि प्रदेश सरकार र स्थानीय सरकारको अनुदान लगानी हुने, स्वामित्व र सञ्चालक वायु सेवा निगम रहने गरी निगमले लगानीको मोडालिटी तयार पारेर छलफल गरेको जनाएको छ । जसमा एउटा जहाज खरिद गर्न ७.४ मिलियन अमेरिकी डलरसम्म पर्न सक्ने अनुमान गरिएको छ ।

साथै, त्यसरी सञ्चालन गर्ने विमानमा प्रदेशको पहिचान हुनेगरी संकेत वा चित्र कोर्न सकिने प्रस्ताव पनि निगमको छ ।

निगमका प्रवक्ता सुवास डाँगीले अहिलेसम्म गण्डकी प्रदेश र कोशी प्रदेशसँग प्रदेशस्तरीय जहाज सञ्चालन गर्ने निगमको प्रस्तावमा छलफल भएको बताए ।

‘खासगरी साना ट्वीनअटर जहाजहरू त्यसरी सञ्चालन गर्न सकिन्छ, जसलाई उडान गर्ने ठाउँ, तालिका र भाडादर समेत प्रदेश सरकारले तोक्न सक्नेगरी छलफल भएको छ’, उनले भने ।

छलफल भएको प्रदेशसँग सकारात्मक वातावरण बनेको र बाँकी पाँच वटा प्रदेशमा पनि छलफल अगाडि बढाउने तालिका रहेको प्रवक्ता डाँगीले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ६ : ०८ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित